सुर्खेतको बराहतालमा निशुल्क स्वास्थ्य शिबिर संचालन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सुर्खेतको बराहतालमा निशुल्क स्वास्थ्य शिबिर संचालन

surkhet swasthya sibir

विवश कुमार सेजुवाल
सुर्खेत, ६ जेठ । सुर्खेतको बराहताल गाँउपालिका ४ तरङगामा गाँउपालिकाले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । जेष्ठनागरिक, महिला तथा बालबलिकाको लागि गाउँपालिकामा पहिलो पटक स्वास्थ्य शिविर गरिएको हो ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट करीब २९ किलोमीटर टाढा रहेको बराहताल गाँउपालिका ४ तरङगामा गाँउपालिकाले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । गाँउपालिकाले वडा नं. ३ र ४ का जनतालाई पायक पर्ने गरी तरङगामा महिला स्वास्थ्य शिविर संचालन गरेको गाँउपालिका प्रमुख तेजबहादुर बस्नेतले जानकारी दिनुभयो ।

शिविरमा महिलाको पाठेघरका समस्या, पेट सम्बन्धी रोग, क्यान्सर तथा सामान्य रोगीहरुको पनी उपचार गरीएको हो । विभिन्न स्वास्थ्य समस्यालाई झेल्दै आएको स्थानीयहरु आफ्नै गाँउमा शिविर आएकोले स्वास्थ्य सेवा पाँउदा खुसी भएको बताउँछन ।

गाउँपालिकामा महिला स्वास्थ्य समस्या मात्र होइन बालबालिकामा कुपोषण समस्या पनि देखिएको छ । तर विगतका वर्षहरुमा भन्दा अहिले कुपोषण समस्या कम देखिएको कर्णाली प्रदेश अस्पतालमा कार्यरत बालरोग बिषेशज्ञ डाक्टर डा. नवराज केसीले बताउनु भयो ।

शिविरमा बालबालिका, महिला तथा वृद्घवृद्घाहरुको स्वास्थ्य परिक्षण तथा उपचार गरिएको थियो । उपचार गराउनेहरुमा पाँच सय बालबालिका तथा दुई सय ५० जना महिलाहरु छन् । शिविरमा एक सय पचास जनामा क्यानसरको परिक्षण गरिएको थियो भने १० जनामा रिङ राखिएको थियो । गाउँमै विशेषज्ञ चिकित्सकबाट भएको स्वास्थ्य शिविरबाट स्थानीय खुशी देखिन्थे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);