यशोधरा गाँउपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

यशोधरा गाँउपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

swasthya sibir

कपिलवस्तु, २० पुस । कपिलवस्तुको यशोधरा गाँउपालिका ३ बसन्तपुरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । दलित सामाजिक बिकास केन्द्र, कपिलबस्तुको सहयोगमा यशोधरा गाँउपालिकाले एक दिने निःशुल्क शिविर सम्पन्न भएको हो ।

गरिव तथा दलितहरुलाई लक्षित गरी संचालन गरिएको शिविरमा ५ सय भन्दा बढीले निशुल्क स्वास्थ्य परिक्षण तथा उपचार सेवा लिएका छन् । शिविरमा २ स्त्रीरोग बिशेषज्ञ, १ फिजिसियन डाक्टर र एक मेडिकल अफिसर गरि चार जना चिकित्सकले उपचार सेवा प्रदान गरेका थिए ।

शिविरमा प्रयोगशाला परिक्षणसहित २५ भन्दा बढी प्रकारका औषधी निशुल्क बितरण गरिएको थियो । शिविरमा ५ बर्ष मुनिका बच्चा, कुपोषण, गर्भवती, रक्तचाप, मधुमेह, रोगका बिरामी बढी आएको उपचारमा संलग्न फिजिसियन डाक्टरले जानकारी दिनुभयो ।

निःशुल्क स्वास्थ्य परिक्षणका साथसाथै प्रयोगशाला, भिडियो एक्सरे सेवा र औषधी बितरण समेत गरिएको थियो । स्वास्थ्य सेवा राम्रो पहुँच नपुगेको बस्तीमा शिविर सञ्चालन हुँदा स्थानय हर्षित भएका थिए ।

swasthya sibir1

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);