गाँजा तस्करीमा संलग्न भएको आरोपमा तीन जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

माघ २१ २०७९, शनिबार

गाँजा तस्करीमा संलग्न भएको आरोपमा तीन जना पक्राउ

मकवानपुर, १९ पुस । मकवानपुर प्रहरीले गाँजा तस्करीमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका(१५ चुरियामाईको जंगलमा प्रहरी देखेपछि भाग्दै गरेका उनीहरुलाई हवाई फायर गरेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

विशेष सूचना आधारमा गएको प्रहरी टोली देखेपछि डिएल ३ सिएक्यू ४१७२ नम्वरको भारतीय कारमा सवार उनीहरु भाग्न खोजेका थिए । प्रहरीले कार चालक भारत मोतिहारीका दिलिपकुमार सिंह, उज्वलकुमार ठाकुर र रौतहट यमुनामाई गाउँपालिका ४ का विकास सिंहलाई पक्राउ गरेको छ ।

उनीहरुको साथबाट अन्दाजी ३२ किलो गाँजा बरामद गरिएको छ । यस्तै हेटौंडा १५ बाटै लागूऔषध गाँजा तस्करमा संलग्न मकवानपुर राक्सिराङ गाउँपालिका वडा नं. ५ का राजकुमार मोक्तान पनि पक्राउ परेका छन् । उनको साथबाट २१ किलो गाँजा र बा ५ ख ७२६८ नम्वरको ट्रक नियन्त्रणमा लिइएको मकवानपुर प्रहरीले जनाएको छ ।