मकवानपुर प्रहरीद्वारा १ हजार १ सय ३२ केजी गाँजा सहित ६४ जनालाई पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मकवानपुर प्रहरीद्वारा १ हजार १ सय ३२ केजी गाँजा सहित ६४ जनालाई पक्राउ

प्रदीप ढुंगाना,
मकवानपुर । पछिल्लो ३ महिनामा मकवानपुर प्रहरीले १ हजार १ सय ३२ केजी गाँजा बरामदसँगै ६४ जनालाई पक्राउ गरेको छ । ४ करोड रुपैयाँ बराबरको सवारी साधन पनि नियन्त्रणमा लिँदा लागुऔषध बजारको मूल्यमा ३४ लाख रुपैयाँ बराबरको गाँजा बरामद भएको छ ।

मकवानपुर प्रहरीले गाँजा ओसारपसारमा संलग्न भरिया, सहयोगी, कारोबारीसँगै ८ वटा ट्रक, ३ वटा बोलेरो र स्करपियो कार, ६ वटा मोटरसाइकल, एउटा अटोसहित करिब ४ करोड रुपैयाँ बराबरको सवारी साधन नियन्त्रणमा लिएको छ ।

पश्चिम मकवानपुरको विभिन्न गाउँपालिकामा अघिल्लो वर्ष उत्पादन भएको गाँजा भारतीय सहरमा निर्यातमा कडाइपछि ठूलो मात्रामा कारोबारी पक्राउ परेका हुन् । गाँजा पर्सा जिल्ला तथा भारतीय बजारमा चोरीनिकासी भइरहेको सूचनापछि प्रहरी सक्रियता बढेको हो ।

गाउँमा गाँजा २ हजारदेखि ३ हजार रुपैयाँ प्रतिकिलो कारोबार भइरहेको पाइएको छ । यही गाँजा बारा, पर्सा, मकवानपुरका व्यापारीले भारतीय सहरमा लगेर प्रतिकेजी २५ हजार रुपैयाँसम्ममा किनबेच गरिरहेका छन् ।

एक किलो गाँजा भारतसम्म निकासी गर्दा ३ हजार ५ सय रुपैयाँ भाडा आउने लोभले सवारी साधनहरु गाँजा ओसारपसारमा प्रयोग भइरहेका छन् । गाँजा बरामदमा प्रहरी सक्रियता बढे पनि खास गाँजाका कारोबारी भने उम्किएका छन् । भरिया, सहयोगी र सवारी चालकहरु मात्र पक्राउ परिरहेका छन्, किन त ?

प्रहरीको सक्रियताले गाँजा बरामद बढ्दा गाउँका किसान भने आर्थिक मारमा परेका छन् । व्यापारीहरुले उधारोमा गाँजा लैजाने र कहिले जंगलमा लुटिने त कहिले प्रहरीले बरामद गरिदिँदा किसानले गाँजाको बाँकी मूल्य नपाउने पीडा छ । त्यति मात्र होइन, गाँजा कारोबारमा व्यापारीहरु उम्किँदा सर्वसाधारण पक्राउपछि जेल पर्दा कयौँको परिवार बिचल्लीमा परेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);