पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम ८१ प्रतिशत पूरा | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम ८१ प्रतिशत पूरा

पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम ८१ प्रतिशत पूरा भएको छ ।

विमानस्थल निर्माण आयोजनाका प्रमुख विनेस मुनकर्मीका अनुसार बाँकी १९ प्रतिशत काम अब सिभिल काम रंगरोगन र फिनिसिङ मात्र रहेको उनले बताए । 

विमानस्थल निर्माणको काम तोकिएभन्दा ६ महिनाअगाडि नै सम्पन्न गरेर हस्तान्तरण गर्ने लक्ष्य राखिएको थियो । त्यसअनुरूप काम पनि भएको थियो । तर, कोरोना भाइरस संक्रमणका कारण निर्माणमा केही बाधा परेकाले ६ महिनाअगाडि नसकिने उनले बताए ।

यद्यपि, तोकिएको समयमा भने निर्माणको काम सक्ने गरी नै अहिले काम भइरहेको बताए  । ‘तोकिएभन्दा ६ महिनाअगाडि सक्ने हाम्रो लक्ष्य थियो । तर, त्यो हुन पाएन । तोकिएकै समयमा सक्ने गरी अहिले काम अगाडि बढेको छ । अब पनि कोरोनाले डिस्टर्ब गरेन भने तोकिएकै समयमा निर्माण सम्पन्न हुन्छ,’ उनले भने ।

करिब २२ अर्ब रुपैयाँ लागतमा सन् २०२१ जुलाई १० भित्रमा निर्माण सम्पन्न गर्ने गरी चिनियाँ कम्पनी सिएएमसी इन्जिनियरिङले २०७४ साल असारदेखि विमानस्थलको काम सुरु गरेको थियो । हालसम्म धावनमार्ग (रनवे), आन्तरिक र बाह्य टर्मिनल भवन, एयर ट्राफिक कन्ट्रोल (एटिसी) भवनलगायत विभिन्न १४ भवनको अधिकांश काम सकिएको जनाइएको छ । त्यसैगरी, भवन, ह्यांगर, पार्किङ, सडक, नाला, टर्मिनल भवनलगायतका भवनको फिनिसिङ, मुख्य प्रवेशद्वारको सडक ढलानलगायत निर्माणका काम सम्पन्न भइसकेको छ । 

विमानस्थलबाट सहज उडान–अवतरणका लागि सुरुमा २५ मिटर काटिने भनिएको रिट्ठेपानी डाँडा काे काम पनि सुरु भएकाे छ।जानकारी दिनुभयाे ।आगामि चैतमा सम्पन्न गर्ने र त्यसका लागि ल्याण्ड फिल्ड साईड हटाउनु पर्ने  , सिचाइ काे लागि ल्याएकाे पानी ब्यबस्थित नभएकाे जलश्राेत तथा सिचाइ डिभिजन कार्यलयले अटेरि गरेर दुख दिने काम गरेकाे आयाेजना प्रमुख विनेस मुनकर्मि ले जानकारी दिए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);