पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य तीब्र गतिमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य तीब्र गतिमा

pokhara airport

उमा आले

पोखरा, ५ बैशाख । राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य तीब्र गतिमा भईरहेको छ । निर्माण कार्य थालेको करिब १५ महिनामा विमानस्थल रनवे निर्माणको काम सकिएको छ भने विमानस्थलका अन्य ३५ प्रतिशत काम पनि सम्पन्न भईसकेको छ ।

विमानस्थलको महत्वपुर्ण ३५ प्रतिशत भन्दा धेरै काम सम्पन्न भईसकेको छ भने रनवे निर्माणको काम शतप्रतिशत सकिएको छ । पोखरा महानगरपालिका वडा नम्बर १४ मा पर्ने जमिनमा चिनिया सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीए.एम.सीईले २०७३ साउन १८ गतेदेखि विमानस्थल निर्माणको काम गरिरहेको हो । अहिले विमानस्थलको टर्मिनल भवन, एप्रोन, ट्याक्सी पार्किङ, नाला निर्माण, विमान राख्ने ह्याङगर निर्माण, जमिन सम्याउने लगायतका काम धमाधम भईरहेको छ ।

सन् २०१९ भित्र ६० प्रतिशत भन्दा बढि काम सकिने र सन् २०२० भित्र सबै काम सकिने ठेकेदार कम्पनीले जनाएको छ । यही लक्ष्यलाई पुरा गर्न अहिले चिनिया दुई सय र नेपाली दुई सय ५० जना गरी चार सय ५० जनाले नियमित रुपमा काम गरिरहेका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन १४ हजार स्क्वायर मिटरमा बन्ने छ । सन् २०२१ को जुलाई सम्म पोखरा अन्तराष्ट्रिय विमानस्थलको काम सकेर संचालनमा ल्याउने गरि निर्माण तालिका बनाएर काम अघि बढिरहेको र ठेकेदारसँग पनि राम्रो समन्वय भईरहेको विमानस्थलका बरिष्ठ अधिकृत इन्जिनियर कुष्ण पौडेलले जानकारी दिए ।

रनवे निर्माणकार्य सकिए सँगै आवश्यकता परे जहाज ल्याण्ड गर्न सकिने पनि पौडेलको दाबी छ । निर्माण कम्पनीले १० जुलाई २०२१ मा विमानस्थल निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने छ । करीब २२ अर्ब रुपैयाँ चिनियाँ ऋण सहयोगमा विमानस्थल निर्माण भईरहेको हो ।

अन्तर्राष्ट्रिय उड्डयन संस्था (आइकाओ) को मापदण्ड अनुसार फोरडी मोडलमा पर्ने पोखरा विमानस्थल निर्माण पूरा भएपछि बोइङ सात सय ५७ र एयरबस तीन सय २० वा सो सरहका जहाज आउजाउ गर्न सक्नेछन् । २ हजार ५ सय मिटर लामो धावनमार्ग हुने विमानस्थलमा आउनेजाने ती विमानको यात्रु क्षमता एक सय ९२ हाराहारीमा हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);