स्वयम्भू–हनुमानढोका जोड्ने पदयात्राको गुरुयोजना सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८०, बुधवार

स्वयम्भू–हनुमानढोका जोड्ने पदयात्राको गुरुयोजना सार्वजनिक

swoyambhu-hanumandhoka guruyojana

काठमाडौं, ५ बैशाख । विश्व सम्पदा हनुमानढोकादेखि स्वयम्भूसम्मको पदमार्ग जोडने गुरुयोजना सार्वजनिक गरिएको छ । बिहीबार विश्व सम्पदा दिवसको अवसर पारेर काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले एक कार्यक्रमकाबीच सो गुरु योजना सार्वजनिक गरेका हुन् ।

गुरु योजनामा दुई विश्वसम्पदा भित्र रहेका अन्य स्थानीय सम्पदाहरुको पनि संरक्षण र विकास गरी पर्यटन क्षेत्रको विकास गर्ने उल्लेख गरिएको छ । विश्व सम्पदा हनुमानढोकादेखि अर्को विश्व सम्पदा स्वयम्भूको बीचमा २० वटा भन्दा बढि ऐतिहासिक तथा धार्मिक सम्पदाहरु रहेका छन । त्यसको संरक्षण हुने गरी सो पदयात्रा गुरु योजना तय गरिएको गुरु योजना तयारी समितिकी सदस्य रजिता शाक्यले जानकारी दिइन् ।

काठमाडौं महानगरपालिकाको लगानीमा निर्माण गरिएको गुरुयोजनामा दुई विश्व सम्पदाहरुको बीचमा २ दशमलव २ किलो मिटर पैदल यात्रा निर्माण गर्ने योजना तय गरिएको छ । कार्यक्रममा मेयर शाक्यले स्थानीय सम्पदाहरुको संरक्षण गर्ने र त्यसलाई पर्यटनसँग जोडेर समृद्धिको अभियानलाई तीव्रता दिन सो गुरुयोजना तय गरिएको बताए ।

यसैबीच, विश्व सम्पदा दिवसकै अवसर पारेर विश्व सम्पदा स्वयम्भूबाट अर्को विश्व सम्पदा हनुमानढोकासम्म बिहीबार बिहान पैदल यात्रा गरिएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);