बन्दको प्रभाव काठमाण्डौमा न्यून, उपत्यका बाहिरको जनजीवन प्रभावित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

बन्दको प्रभाव काठमाण्डौमा न्यून, उपत्यका बाहिरको जनजीवन प्रभावित

ktm

काठमाडौं, ५ बैशाख । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आव्हान गरेको नेपाल बन्दको प्रभाव काठमाण्डौ उपत्यकामा न्यून रहेपनि उपत्यका बाहिरको जनजीवन भने प्रभावित भएको छ ।

सरकारले पक्राउ गरेका आफना कार्यकर्तालाई रिहाइको माग गर्दै चन्द नेतृत्वको नेकपाले आज बन्द आव्हान गरेको हो । काठमाण्डौ उपत्यकामा बन्दको प्रभाव खासै परेको छैन । निजी सवारी साधन निर्वाध चलिरहेका छन् भने सार्वजनिक सवारी साधन सदाको तुलनामा केही कम मात्र चलिरहेका छन् । धेरै विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द रहेका छन् ।अप्रिय घटना नघटोस् भनेर राजधानीका विभिन्न स्थानमा सुरक्षाकर्मीलाई व्यापक रुपमा परिचालन गरिएको छ ।

राजधानीमा बन्दले असर नगरेपनि देशका विभिन्न स्थानमा बम विस्फोट, शंकास्पद वस्तु फेला, सवारी साधनमा आगजनी गरिएको छ । पोखराको सभागृह अगाडी राखिएको बम डिस्पोज गर्नेक्रममा नेपाली सेनाका एक जवान घाइते भएका छन् । त्यसैगरी पोखराकै अर्काे स्थानमा राखिएको बम निस्क्रिय बनाइएको छ ।

त्यसैगरी, अर्घाखाचीको चुत्राबेसीमा राखिएको बिस्फोटक बस्तु निश्क्रिय बनाइएको छ । प्रहरीका अनुसार पृथ्वी राजमार्गमा बन्दको प्रभाव धेरै छ । उक्त राजमार्गमा सार्वजनिक सवारी साधन गुडेका छैनन् भने निजी सवारी साधन फाट्टफुट्ट मात्रै चलेका छन । यसैगरी सुदुर पश्चिमका जिल्लाहरुमा बन्दको प्रभाव देखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);