बन्दले कञ्चनपुर लगायत पश्चिम नेपालको जनजिवन प्रभावित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बन्दले कञ्चनपुर लगायत पश्चिम नेपालको जनजिवन प्रभावित

kanchanpur band

काठमाडौं, ५ बैशाख । कार्यकर्ता रिहाईको माग राख्दै नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाले आब्हान गरेको बन्दले कञ्चनपुर लगायत पश्चिम नेपालको जनजिवन प्रभावित भएको छ ।

महेन्द्रनगर बसपार्कदेखि विभिन्न गन्तव्यका लागि छुट्ने सवारी साधन संचालनमा नआएपछि सबैभन्दा बढि मात्रु मारमा परेका हुन् । भारत लगायत विभिन्न स्थानबाट महेन्द्रनगर पुगेका सर्वसाधारण यातायात संचालन नहुँदा महङ्गो भाडा तिरेर गन्तव्यमा गईरहेका छन् । महाकाली, पवनदुत, नमस्ते शुक्लाफाँटा लगायत समिति कम्पनीले चलान दिएको छैन ।

बसहरु बसपार्कमै थन्किएका छन् । बन्दले कञ्चनपुरका बजार पुर्ण रुपले खुलेका छैनन् । बन्दले पुर्वपश्चिम महेन्द्रराजमार्गमा बढि प्रभाव देखिएको छ । सार्वजनिक र निजी ठुला सवारी साधन संचालनमा आएका छैनन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले महेन्द्रनगरदेखि गुलरियासम्म स्कटिङ्ग गरेर यात्रुलाई जिल्लापार गराइ रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);