एमसीसीको विरोधमा गरिएको बन्दले उदयपुर ठप्प | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

एमसीसीको विरोधमा गरिएको बन्दले उदयपुर ठप्प

उदयपुर । प्रतिनिधि सभाबाट अमेरिकन सहयोग नियोग मिल्लेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गरेको विरोध गरिएको नेपाल बन्दले उदयपुर ठप्प भएको छ । एमसीसी तत्काल खारेज गर्नुपर्ने माग राख्दै नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सहित आठ राजनीतिक दल र संगठनले आज नेपाल बन्दको घोषणा गरेका छन् ।

नेपाली जनताको इच्छा विपरीत एमसीसी सरकारले पास गरेकोभन्दै आक्रोशित बन्दकर्ताले लामो तथा छोटो दूरीको सवारी ठप्प गरेका छन् । बन्दकर्ताले सरकारी, निजी विद्यालय तथा क्याम्पस र उद्योग कलकारखानामा पुगी बन्दको उर्दी जारी गरेपछि सबै क्षेत्र ठप्प रहेको थियो । 

गाईघाट, कटारी, बेल्टार, रामपुर, मुर्कुचीलगायत आसपासका बजार र ग्रामीण क्षेत्रका पसलसमेत बिहानैदेखि ठप्प छन् । बन्दकर्ता बिहानैदेखि झण्डा र हातमा लाठी लिएर बजार बन्द गराउँदै हिँडेका थिए ।

सामान्य दुई पाङ्ग्रे सवारी र अत्यावश्यक सवारी बाहेक अन्य सबै सवारी साधन बिहानैदेखि चल्न सकेका छैनन् । एमसीसी राष्ट्रघाती सम्झौता भएकाले फिर्ता लिनु पर्ने नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी लक्ष्मण पौडेलले बताए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);