गाईघाटमा अमेरिकी राष्ट्रपतिको पुत्ला दहन | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

गाईघाटमा अमेरिकी राष्ट्रपतिको पुत्ला दहन

उदयपुर । त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाका विद्यार्थीहरूले बिहानैदेखि एमसीसीको विरोधमा उदयपुर सदरमुकाम गाईघाटमा प्रदर्शन गर्दै अमेरिकी राष्ट्रपतिको पुतला दहन गरेका छन् । प्रदर्शनकारीहरुले मुख्य सडक अवरुद्ध पार्दै एमसीसी खारेजीको माग राखेका छन् । विद्यार्थी पोशाकमै सडकमा ओर्लिएका प्रदर्शनकारीहरु सयौंका संख्यामा छन् । उनीहरुले गाईघाटको मुख्य सडकमा प्रदर्शन जारी राखेका छन  ।

त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाबाट प्रर्दशन गर्दै गाईघाट बजार परिक्रमापछि मेन चोकमा कोण सभापछि अमेरिकी राष्ट्रपतिको पुत्ला दहन गरेका हुन् ।  पुत्ला दहनपछि विद्यार्थीहरूले जिल्ला प्रशासन कार्यालय उदयपुरमा ज्ञापन पत्र बुझाएका छन् ।  अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)विरुद्ध ६ राजनीतिक दलहरूले गरेको नेपाल बन्दको असर गाईघाट बजार पूर्ण रुपमा परेको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);