उदयपुरमा वडाध्यक्षले चलाएको मोटरसाइकलकाे ठक्करबाट एकजनाकाे मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

उदयपुरमा वडाध्यक्षले चलाएको मोटरसाइकलकाे ठक्करबाट एकजनाकाे मृत्यु

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका-६ का वडाध्यक्ष निर्मलकुमार चौधरीले चलाएको मोटरसाइकलले ठक्कर दिदा एकजनाको मृत्यु भएको छ । बिहीबार राति साढे ९ बजेतिर गाईघाटबाट घर जाने क्रममा चाैधरीले चलाएकाे माेटरसाइकलले त्रियुगा नगरपालिका- ५ कुमारी चोकका ५० वर्षीय रामचन्द्र चौधरीलाई ठक्कर दिएकाे हाे । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

त्रियुगा नगरपालिकाले उपलब्ध गराएको होन्डा कम्पनीको सिबी युनिकर्न सरकारी नम्बर प्लेटका मोटरसाइकल स१ब ८९७ नम्बरको मोटरसाइकलले ठक्कर दिएकाे हाे । वडाध्यक्ष चौधरीले चलाएका मोटरसाइकलको ठक्करबाट मृतक चौधरी सडकबाट एक सय मिटर तल उछिटिएका थिए ।

मोटरसाइकल सडक किरानाको विद्युतको पोलसमेत क्षतिग्रस्त बनाएको छ । दुर्घटनामा वडाध्यक्ष चौधरीसमेत गम्भीर घाइते भएका छन् । उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचार भइरहेको छ ।

मृतक चौधरीको सडक किनारामा घर भएकाले राति पिसाब फेर्न बाहिर निस्कने क्रममा दुर्घटना भएको जनाएका छन् । मृतकका आफन्तले क्षतिपूर्तिको माग गर्दै गाईघाट कदमा खण्डको सडक बिहान तीन घन्टा अवरुद्ध बनाएका थिए । 

बिहान ७ देखि १० बजेसम्म सडक अवरुद्ध हुँदा गाईघाटबाट बाहिर जाने सवारीसाधन सबै रोकिएको थियो । सडक अवरुद्धपछि सर्वपक्षीय छलफलले मृतकलाई कानुनबमोजिम क्षतिपूर्ति दिने र परिवारका सदस्यलाई जागिर लगाइदिने सहमति भएपछि बाटो खुलेको छ । चौधरीको शव जिल्ला अस्पताल गाईघाटमा पोष्टमार्टमका लागि राखिएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);