मोटरसाइकलको ठक्करबाट जाजरकोटमा महिलाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

मोटरसाइकलको ठक्करबाट जाजरकोटमा महिलाको मृत्यु

सुर्खेत। जाजरकोटमा मोटर साइकल ठक्करले एक जना महिलाको ज्यान गएको छ। भेरी नगरपालिका ४ की ६१ वर्षीया विजया शाहीको मोटरसाइकलको ठक्करबाट ज्यान गएको हो। भेरी नगरपालिका ३ तल्लो थाप्लेमा पैदल हिँडिरहेकी शाहीलाई प ३.०२००१ प ७८८६ नम्बरको मोटर साइकलले ठक्कर दिएको थियो । उनी मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि नेपालगन्ज लैजाँदैगर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोष निरौलाले बताए ।

बिहीबार बिहान सदरमुकामस्थित तल्लो थाप्लेमा पैदल यात्रा गरिरहेकी शाहीलाई विपरीत दिशाबाट आउँदैगरेको मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् ।

भेरी नगरपालिका ३ का २७ वर्षीय विनोद विकले चलाएको मोटरसाइकलले शाहीलाई ठक्कर दिएको थियो । चालक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल जाजरकोटमा लगिएको प्रहरी प्रमुख निरौलाले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);