मोटरसाइकलकाे ठक्करबाट गोठगाउँमा पैदलयात्रीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

मोटरसाइकलकाे ठक्करबाट गोठगाउँमा पैदलयात्रीको मृत्यु

काठमाडौं। मोरङको सुन्दरहरैचा-७ गोठगाउँमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। बिहीबार मोटरसाइकलको ठक्करबाट स्थानीय ६५ वर्षीय बल बहादुर कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते भएका कार्कीको उपचारका क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको हो।

को ३७ प ३२ ०९ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेका कार्कीलाई ठक्कर दिएको हो । घाइते भएका मोटरसाइकल चालक बेलबारी नगरपालिका-११ का २१ वर्षीय सुमन तामाङको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी चौकी गछियाले जनाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);