झापामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

झापामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । झापाको मेचीनगर नगरपालिका–७ मा मंगलबार बेलुकी मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका मेचीनगर–८ का १९ वर्षीय श्याम मगरको उपचारका क्रममा बिर्तामोड स्थित बि एण्ड सि अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

मे १० प २२ ३२ नम्बरको मोटरसाइकलले पैदल हिडिरहेका मगरलाई मंगलबार बेलुकी पौने ८ बजे ठक्कर दिएको थियो ।  मोटरसाइकल सहित चालकलाई ईलाका प्रहरी कार्यालय काँकडभिट्टा झापाले नियन्त्रणमा लिएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);