दमकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दमकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं। झापाको दमकमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ। बिहीबार राति दमक नगरपालिका-९ स्थित मोटरसाइकलको ठक्करबाट इलामको माई नगरपालिका-१० का ४७ वर्षीय गोपाल राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनको थप उपचारका लागि न्यूरो अस्पताल विराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । यस्तै दुर्घटनाबाट मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । मोटरसाइकल चालक झापाको कन्काइ नगरपालिका-४ का २५ वर्षीय नितेश बस्नेतको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);