धादिङमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

धादिङमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धादिङ । धादिङ्गको सिद्धलेक गाउँपालीका–१ बुङचुङमा शुक्रबार बिहान मोटरसाइकलको ठक्करबाट पैदलायात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सिद्धलेक गाउँपालिका–१ का अन्दाजी ५० बर्षीया मुक्ति प्रसाद सिग्देल रहेका छन् । 

नालाङबाट फुर्केखोला तर्फ जादैँ गरेको बा ३४ प ५०५२ नम्बरको मोटरसाइकलको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको हो । मृतक नेपाल प्रहरीबाट सेवा निवृत्त प्रहरी निरीक्षक रहेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);