मनसुनको प्रभाव कमजोर बन्दै, आउँदो तीन दिन ठूलो पानी पर्ने सम्भावना कम | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८३, सोमबार

मनसुनको प्रभाव कमजोर बन्दै, आउँदो तीन दिन ठूलो पानी पर्ने सम्भावना कम

२०८१,६,२०

अबको तीन दिन देशभर ठूलो पानी पर्ने सम्भावना कम रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । महाशाखाले निकालेको दैनिक बुलेटिनमा आउँदो तीन दिन ठूलो पानी पर्ने सम्भावना नरहेको उल्लेख छ ।मनसुनको प्रभाव कायमै रहेकोले केही ठाउँमा बदली र सामान्यदेखि मध्यम खालको वर्षाको सम्भावना भने कायमै रहेको महाशाखाले जनाएको छ । तर अब लामो समय पानी पर्ने सम्भावना कम छ ।

महाशाखाका अनुसार अहिले लुम्बिनी र गण्डकीसहित देशका पहाडी भागमा केही बादल लागेको भए पनि धेरैतिर आकास खुलेको छ ।आज दिउँसो देशभर सामान्य बदली रहने छ । कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । केही दिनदेखि मनसुनको प्रभाव कमजोर हुँदै गएको छ ।

Leave a Reply