खोटाङमा लगातार तेस्रो वर्ष सुन्तला उत्पादनमा गिरावट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

खोटाङमा लगातार तेस्रो वर्ष सुन्तला उत्पादनमा गिरावट

खोटाङ । खोटाङमा लगातार तेस्रो वर्ष सुन्तला उत्पादन घटेको छ । आर्थिक वर्ष २०७७/०७८ मा ७४१ हेक्टरमा ३ हजार ३३० मेट्रिक टन सुन्तला अनुत्पादन भएको जिल्लामा आर्थिक वर्ष २०७८/०७९ मा ७४२ हेक्टरमा ३ हजार ३३१ टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

तथ्याङ्कमा चालु आर्थिक वर्ष एक टनले सुन्तला वृद्धि भएको देखिए पनि यो वर्ष उत्पादन क्षेत्रफल बढाइएकाले तुलनात्मकरुपमा सुन्तला उत्पादन घटेको कृषि ज्ञान केन्द्र खोटाङका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताए । 

१० स्थानीय तह रहेको जिल्लामा आर्थिक वर्ष २०७६/७७ मा ६ हजार ५८६ मेट्रिक टन र आर्थिक वर्ष २०७५/७६ मा ७ हजार ५४० टन सुन्तला उत्पादन भएको थियो । सुन्तला उत्पादनका लागि योग्य जमिन ८१० हेक्टर भए पनि सोभन्दा कम क्षेत्रफलमा खेती लगाइएको छ । रोग तथा किराको प्रकोपका कारण सुन्तला उत्पादन घटेको कृषि प्रसार अधिकृत पण्डितले बताए । 

ऐसेलुखर्क र रावाबेँसी गाउँपालिकामा लगाइएको सुन्तलामा सिट्रस ग्रिनिङ रोग देखिएको छ । रोग तथा किराको आक्रमणका कारण सुन्तला उत्पादनमा आएको कमीका कारण दिक्तेल, खोटाङबजार, हलेसी, चिसापानी लगायतका हाटबजारमा अपेक्षाभन्दा कम मात्रामा सुन्तला बिक्री गर्न ल्याइएका छन् । 

जिल्लाको याम्खा, लामिडाँडा, टेम्मा, चिसापानी, डम्बर्खुशिवालय, दिप्लुङ, रतन्छा, मंगलटार, सल्ले, काहुले, राजापानी लगायतका २६ भन्दा बढी वडामा व्यवसायीकरण सुन्तला उत्पादन हुने गरेको छ । जिल्लामा उत्पादित सुन्तला ट्याक्टरमार्फत सबैभन्दा बढी उदयपुरको बेल्टार हुँदै इटहरी, धरान, विराटनगरलगायतका सहरमा पुग्ने गरेको छ ।  

सुन्तलाबाट सहजताकासाथ आउने आम्दानीका कारण पछिल्लो समय जिल्लामा सुन्तला खेती लगाउने किसान बढ्दो छ । कृषि ज्ञान केन्द्र वा कृषि फर्मबाट सुन्तलाको बेर्ना लगेर मकै, कोदो फल्ने बारीमा रोप्ने किसान बढेका छन् । सुन्तला खेतीबाट राम्रो आम्दानी गर्ने सम्भावना भए पनि सरकारी निकायबाट उचित सहयोग पाउन नसकेको कृषकहरूको गुनासो छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);