एकै जना किसानले फलाए १० लाखको सुन्तला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

एकै जना किसानले फलाए १० लाखको सुन्तला

ईलाम, ८ माघ ||
टीका खतिवडा ||
पछिलो समय मानिसहरु कृषि पेशा छोडेर अन्य पेशा रोज्न थालेका छन् । तर केहि मानिसहरु भने कृषि पेशा नै अपनाएर मनग्ये आम्दानी हुने गरिरहेका छन् । इलामका एक किसानले एकै बगानबाट यस वर्ष १० लाख भन्दा बढीको सुन्तला विक्रि गरेका छन् । गरे के हुँदैन र ? यस प्रश्नको जवाफ काम मार्फत नै इलामका एक किसानले दिनु भएको छ । इलाम नगरपालिका ५ का किसान सामवेद चापागाईंले यस वर्ष एक बगानबाट १० लाखको सुन्तला विक्रि गर्नुभयो । उहाँले करिव १८ रोपनी जमिनबाट सो आम्दानी लिनु भएको हो । २०६० सालबाट सुन्तला खेती गर्दै आउनु भएका उहाँले यस वर्ष एकमुस्ट १० लाखमा ब्यापारीलाई सुन्तला बेच्नु भएको हो । यस वर्ष अधिकांस किसानले सुन्तला मासिएको र कम उत्पादन भएको बताए पनि उहाँको बगानमा भने बिगत वर्ष भन्दा वढि फलेको छ । कडा मेहनत र परिश्रमका कारण मात्र यो सम्भव भएको उहाँको भनाई छ ।
कात्तिकदेखी नै खान योग्य हुने सुन्तला अब करिव अन्तिम टिपाइमा पुगेको छ । रोपिएको चार वर्षदेखी उत्पादन दिन योग्य हुने सुन्तलाको बयस्क बोटमा करिव एक सय किलोसम्म उत्पादन हुने गरेको छ । तीनै तहका सरकारले पनि वास्तविक किसान पहिचान गरेर अनुदानका कार्यक्रम ल्याउनु पर्ने इलाम उद्योग वाणिज्य संघ इलामका अध्यक्ष चेतनाथ पौडेल कृष्णले बताउनुभयो । गाउँमा रहेका किसान समृद्ध भए मात्र देश समृद्ध हुने उहाँको भनाई छ ।
इलाम नगरपालिका, इलाम उद्योग वाणिज्य संघ तथा स्थानीयले चापागाईको सुन्तला बारीको अनुगमनसमेत गरेका छन् । अनुगमन पछि इलाम नगरपालिकाका प्रमुख केदार थापाले अब उत्कृष्ठ किसान छनौट गरेर बिज्ञ समूह गठन गर्ने बताउनुभयो । उहाँले उत्कृष्ठ किसान छनौट गरी पुरस्कृत गरिने समेत बताउनुभयो ।
कृषि ज्ञान केन्द्र इलामका अनुसार यस वर्ष सुन्तलाको उत्पादन घटेको छ । चालु आर्थिक वर्ष ०८०÷०८१ मा इलाममा दुई सय ७८ दशमलव ५ हेक्टरमा मात्र सुन्तला खेती भएको छ । गत आर्थिक वर्ष ०७९÷०८० मा दुई सय ८० हेक्टरमा सुन्तला खेती थियो । त्यसबाट दुई हजार सात सय ४४ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । आर्थिक वर्ष ०८०÷०८१ मा दुई हजार सात सय ४० मेट्रिक टन सुन्तला उत्पादन भएको जनाइएको छ । इलामका प्राय सबै पालिकामा सुन्तलाको त्पादन हुँदै आएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);