फुल फुल्ने समयमा असिनाले झारेपछि सुन्तला उत्पादनमा कमी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

फुल फुल्ने समयमा असिनाले झारेपछि सुन्तला उत्पादनमा कमी

कैलाली,३० कार्तिक । सुन्तलाको भण्डार मानिने कैलालीको चुरे क्षेत्रमा यस वर्ष फुल फुल्ने समयमा असिनाले झारेपछि उत्पादनमा कमी आएको छ । सुन्तला उत्पादनमा कमी आएसँगै त्यहाँका किसानहरु चिन्तीत भएका छन् ।

कैलालीको चुरे क्षेत्रका सुन्तला किसान यस वर्ष चिन्तित भएका छन् । सुन्तला खेतीबाट मनग्य आम्दानी गर्दै आएका चुरेका कृषकहरुको सुन्ताला फुल लाग्ने समयमा असिना आएसँगै उत्पादनमा कमी भएपछि चिन्तित भएका हुन् । सुन्तलाको फुल असिनाले झारेपछि यो वर्ष जिल्लामा सुन्ताला उत्पादनमा ७० प्रतिशतले कमी आएको छ।

गत वर्ष चुरे गाउँपालिकामा मात्रै करिव ३ करोडको सुन्तला उत्पादन भएको थियो तर यो वर्ष लगभग २० लाखको मात्र सुन्तला उत्पादन भएको कृषकको भनाई छ ।चुरे क्षेत्र कैलाली जिल्लाको सबै भन्दा धेरै सुन्तला उत्पादन हुने ठाउँ हो । तर असिनाले सबै भन्दा धेरै क्षति चुरेमै पु¥याएको थियो । चुरेका घर्खेडा, निगाली, अलाड, पखेरमा व्यवसायीक रुपमा सुन्तला खेती गरिँदै आइएको छ ।

यस बर्ष असिना बर्षा भएकोले सोचे अनुसारको आम्दानी लिन नसकेको कृषक रविलाल पौडेलको भनाई छ । चुरे गाउँपालिकामा सरकारले सुन्तला किसानकालागि बजार प्रवर्दन तथा उत्पादनकालागि कुनै चासो नदिएको किसानको गुनासो छ ।

भौगोलिक हिसावले चुरे गाउपालिकले सुन्तला, अदुवाको पकेट क्षेत्र भएकोले पनि त्यस क्षेत्रमा किसानहरुलाई प्रोत्साहन दिने कार्यक्रम ल्याउन लागेको चुरे गाउपालिकाका प्रशासकिय अधिकृत बसन्त बोहराले बताउनुभयो ।

यहाँ अधिकांश कृषकहरुले व्यवसायीक रुपमा सुन्तला खेती गर्दै आएका छन् । सुन्तला खेतीबाटै जिविकोपार्जन गर्दै आएका यहाँका कृषकहरुलाई यो वर्ष भने घरपरिवार चलाउन समेत धौ–धौ हुने भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);