तिहारको चौथो दिन आज गाई, गोरु र जोत्ने हलीको पूजा गरिदैं | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

तिहारको चौथो दिन आज गाई, गोरु र जोत्ने हलीको पूजा गरिदैं

काठमाडाैं,३० कार्तिक। यमपञ्चक अन्तरर्गत आज तिहारको चौथो दिन गाई, गोरु र गोवर्धन समेत पूजा गरी तिहार पर्व मनाइँदैछ । गाईलाई पूजा गर्नाले आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको हो ।

गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने विश्वास गर्दै आइएको छ । आधुनिक विज्ञानले समेत स्थानीय गोरस विभिन्नि रोगहरुमा अचुक औषधिका रूपमा प्रयोग गर्दा मानव स्वास्थ्यलाई फाइदा पुग्ने बताएको छ ।

आजैका दिन कृषि कर्म गर्न हलो जोतेर वर्षभर साथ दिने गोरुलाई समेत पूजा गरी मीठो मीठो खान दिने गरिन्छ । गोरुको साथमा जोत्ने हलीलाई समेत पूजा गरी खाना खुवाइन्छ । यसैले आजको दिनलाई गाईतिहार र हलीतिहार समेत भन्ने गरिन्छ । आज गाई, गोरु र हलीलाई समेत मीठा कुरा खान दिइन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);