तिहारको चौथो दिन अाज गाई, गोरु र गोबर्धन पूजा गरि मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

तिहारको चौथो दिन अाज गाई, गोरु र गोबर्धन पूजा गरि मनाइँदै

gai pua

काठमाडौं, २२ कात्तिक ।  यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोबर्धन , गोरुको पूजाआजा गरी मनाइँदैछ । गाईलाई लक्ष्मीको प्रतीकका रुपमा सिंग र खुरमा तेल तथा जीउमा रातो पहेंलो छाप लगाई पूजा गर्ने प्रचलन छ ।

गाइलाई पूजा गरी मिष्टान्न परिकार खुवाउने गरिन्छ । रक्षाबन्दनको दिन हातमा लगाएको डोरो आज गाइको पच्छरमा बादे मरेपछि बैतर्णी नदी तरिने धार्मीक बिश्वास रहेको छ ।

नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको  छ ।

यसैगरी आजै गोर्वधन पुजा पनि गरिदैछ । गाईको गोबरबाट गोवर्धन पर्वत बनाई पुजा गर्ने हिन्दु परम्परा छ । भगवान कृष्णले गोवर्धन पर्वत उठाएर गोकुलबासीलाई ठूलो बर्षाबाट जोगाएर इन्द्रको घमण्ड चुर गरेको बिश्वासका साथ गोवर्धन पुजा गरिन्छ ।

यस्तै वर्षभरि हलो र गाडा तानेर मानिसको उपकार गरेको गोरुको पनि आजै पूजा गरिन्छ । गोरुलाई पनि पूजागरि माला लगाईदिएर मिठो मिठो परिकार खान दिने प्रचलन छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);