तीन सातापछि प्रधानमन्त्री ओली आज पहिलो पटक कार्यक्रममा सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

तीन सातापछि प्रधानमन्त्री ओली आज पहिलो पटक कार्यक्रममा सार्वजनिक

pm oli

काठमाडौं, २१ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेको तीन सातापछि बुधबार पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् ।

चिकित्सकहरुको परामर्शमै प्रधानमन्त्री ओली महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १० औं जन्मजयन्तिको अवसर पारेर बुधबार काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित कार्यक्रममा सहभागी भएका हुन् ।

मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा पहिलो पटक सार्वजनिक हुनु भएका प्रधानमन्त्री ओलीले सदाझैं व्यंग्य मिश्रित भावसहित भाषण गर्न पनि भ्याएका थिए । उनले भाषणको सुरुवातमै सबैलाई प्रमुख अतिथि भनेपनि हल हाँसोले गुञ्जयमान भएको थियो । त्यस अवसरमा प्रधानमन्त्री ओलीले महाकवि देवकोटा जस्तो विद्धान कवि विश्वमा कहीँ पनि नभएको पनि स्मरण गराए ।

कार्यक्रममा साहित्यकारहरुले महाकवि देवकोटाको व्यक्तित्व र कृतित्वको स्मरण गर्दै कविता बाचन गरेका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);