प्रधानमन्त्री ओली ताप्लेजुङ प्रस्थान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

प्रधानमन्त्री ओली ताप्लेजुङ प्रस्थान

काठमाडौं, ८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली इलाम र ताप्लेजुङको भ्रमणमा जानु भएको छ । प्रधानमन्त्री ओली आज हेलिकप्टरमार्फत इलाम र ताप्लेजुङको भ्रमणमा जानु भएको हो ।

प्रधानमन्त्री ओलीले ताप्लेजङको धुँन्सामा एउटा स्वास्थ्य चौकीको उद्घाटन गर्ने र चीनसँग सीमा जोडिएको ओलाङचुङगोलाको निरीक्षण गर्ने कार्यक्रम छ । त्यसपछि प्रधानमन्त्री ओली इलाम पुगेर स्थानीय कार्यक्रममा सहभागी हुनुहुने तथा इलामको सन्दकपुरमा सीमा सुरक्षामा खटिएको शसस्त्र प्रहरीको बोर्डर आउट पोष्ट एसपिबीपीको निरिक्षण गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीसँग पूर्वसभामुख सुवास नेम्बाङ पनि साथमा हुनुहुन्छ । दोस्रो पटक मिगौंला प्रत्यारोपण गराएपछि प्रधानमन्त्री ओली प्रदेश १ को भ्रमणमा निस्कनुभएको यो दोस्रो पटक हो । यसअघि उहाँले संखुवासभाको भ्रमण गर्नुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);