संसदमा सम्बोधन गर्दै एमाले अध्यक्ष ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

संसदमा सम्बोधन गर्दै एमाले अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार संसदमा सम्बोधन गर्ने भएका छन् ।

ओलीले आफैले दुई दुई पटक विघटन गरेको प्रतिनिधि सभामा सम्बोधनका लागि समय माग गरेका हुन् । आज दिउँसो एक बजे बैठक बस्दै छ ।

असार २८ गते दोश्रो पटकका लागि प्रतिनिधिसभा पुनस्थापना गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी भएपछि ओली प्रधानमन्त्री पदबाट बर्खास्त भएका थिए । बर्खास्त भएपछि अओलीले पहिलो पटक संसदमा सम्बोधन गर्न लागेका हुन् ।

पछिल्लो पटक संसद पुनस्थापना भएपछि ओली गएको साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाको विश्वासको मत लिने प्रस्तावको विपक्षमा मत दिन संसद पुगेका थिए । त्यसपछिको बैठकहरुमा ओली उपस्थित भएका छैनन् ।

गएको असार २९ गते देउवाको सपथ ग्रहण कार्यक्रममा पनि ओली उपस्थित भएका थिए नन् । यसरी अनुपस्थित भएपछि ओलीको आलोचना भएको थियो । प्रधानमन्त्रीलाई बधाई दिन विपक्षी दलका नेता अनिवार्य उपस्थित हुनुपर्ने संसदीय परम्परा छ ।

त्यसैगरी आजको संसद बैठकमा अर्थमन्त्री जनार्दन शर्माले स्वेतपत्र प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);