महन्थ ठाकुर र विप्लवबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

माघ २१ २०७९, शनिबार

महन्थ ठाकुर र विप्लवबीच भेटवार्ता

काठमाडौं । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ ।

महासचिव विप्लव पार्टीका अर्का नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का साथमा जसपा अध्यक्ष ठाकुरलाई भेट्न उनकै निवास पुगेका हुन् । उनीहरुबीच पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको बताइएको छ ।

गएको असार २८ गते दोश्रो पटक सर्वोच्चले प्रतिनिधिसभा पुनस्थापना आदेश र कांग्रेस सभापति शेरबहादुर देउवालाई परमादेश जारी भएर देउवा प्रधानमन्त्री नियुक्त भएपछि विप्लवले राजनीतिक भेटवार्तालाई तिब्र पारेका छन् ।

विप्लवले प्रधानमन्त्री देउवा, निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधव कुमार नेपाल, जसपा नेता बावुराम भट्टराईका साथै मोहन बैद्यलाई समेत भेट गरिसकेका छन् ।

उनीहरुसँग विप्लवले पछिल्लो राजनीतिक घटनाक्रमका साथै सरकारसँग आफ्नो पार्टीको सम्झौता हुँदाका ३ बुँदे सहमति कार्यान्वयका विषयमा छलफल गरेको बताइएको छ ।

Leave a Reply