वडा अधिवेशन स्थगित गर्ने कांग्रेस बैठकको निर्णय | ईमाउण्टेन समाचार

Our Network

चैत २५ २०८०, आइतबार

वडा अधिवेशन स्थगित गर्ने कांग्रेस बैठकको निर्णय

काठमाडौं । नेपाली कांग्रेसको वडा अधिवेशन स्थगित भएको छ ।

कांग्रेसको शनिबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले वडा अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।

यसअघि कांग्रेसले यही साउन १२ गते दशभर वडा अधिवेशन गर्ने कार्यतालिका तोकेको थियो । स्थगित भएको वडा अधिवेशन कहिले हुन्छ भन्ने बारेमा पछिका बैठकहरुमा निर्णय हुने बताइएको छ ।

वडा अधिवेशनको स्थगित भएपनि महाधिवेशनको मिति सर्ने नसर्ने विषयमा भने हाल कुनै निर्णय गरेको छैन । तर यसले भदौ १६गतेदेखि १९ गते सम्म हुने गर्न लागिएको महाधिवेशनको कार्यतालिकामा प्रभाव पार्ने भने देखिएको छ ।

यसअघि कांग्रेसले १२ साउनमा वडा अधिवेशन, १६ साउनमा स्थानीय तहको अधिवेशन, २० साउनमा प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन गर्ने बताएको थियो । त्यसैगरी प्रतिनिधि सभा निर्वाचन क्षेत्र र एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन २३ साउन, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २६ साउन, प्रदेश अधिवेशन १ र २ भदौ र केन्द्रीय महाधिवेशन भदौ १६–१९ गतेका लागि तोकिएको थियो ।

कांग्रेसमा क्रियाशील सदस्यता छानबिन समितिले आफ्नो काम सकेपछि मात्रै वडा अधिवेशनको मिति तय हुने भएको छ । समितिले साउन १२ मा सदस्यताको अन्तिम सूची सभापति देउवालाई बुझाउने भएको छ ।

शनिबार प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकमा सभापति देउवाले पार्टी कार्यालय सानेपामा जारी धर्ना र अनसनको सम्बोधन गर्न समेत निर्देशन दिएका छन् । देउवाले शनिबार साँझसम्म धर्नामा बसेका नेता कार्यकर्ताको विषयगत माग सम्बोधन गर्न निर्देशन दिएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);