दाहाल र नेपालपछि भट्टराईसँगको छलफलमा विप्लव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

दाहाल र नेपालपछि भट्टराईसँगको छलफलमा विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईलाई भेट्न विप्लव शुक्रबार बिहान भट्टराई निवास टोखामा पुगेका हुन् । भेटमा नेपाल कम्युनिष्ट पार्टीका नेता नेता धर्मेन्द्र बाँस्तोला तथा जसपा नेतृ हिसिला यमी पनि सहभागी छन् ।

उनीहरुबीच पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको बताइएको छ । यसअघि बिहीबार विप्लव एमाले नेता माधव कुमार नेपाल भेट्न उनको कोटेश्वरस्थित निवासमा पुगेका थिए । सो भेटवार्तामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि सहभागी थिए ।

त्यसैगरी बुधबार भने विप्लव दाहाल निवास मै पुगेर उनीसँग भेटघाट गर्न गएका थिए । यी भेटवार्ताहरुमा पनि पछिल्लो राजनीतिक घटनाक्रम र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको शान्ति सम्झौताअनुसार आफ्ना नेता कार्यकर्ता रिहाई लगायतका माग पूरा नभएको विषयमा पनि छलफल गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);