बालकोटमा ओली र विप्लवबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

बालकोटमा ओली र विप्लवबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ । नेकपा महासचिव विप्लव एमाले अध्यक्ष ओलीलाई भेट्न उनको बालकोटस्थित निवासमा पुगेका हुुन् ।

मंगलबार बिहान भएको भेटमा विप्लवले सरकारसँग भएको सहमति अनुसार आफ्ना कार्यकर्ता रिहाई लगायतका तीनबँुदे सहमति कार्यान्वयका विषयमा छलफल गरेका छन् ।

यसका साथै ओली र विप्लवबीच पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल भएको बताइएको छ ।

भेटमा महासचिव विप्लवका साथै पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा र नेता धर्मेन्द्र बास्तोला पनि सहभागी थिए ।

ओली नेतृत्वको सरकारले भूमिगत संघर्षमा रहेको विप्लव समूहलाई शान्ति सम्झौतामा ल्याउन सफल भएको थियो । सोही क्रममा सरकारसँग भएका सहमति कार्यान्वयका लागि विप्लव पछिल्लो समय राजनीतिक भेटघाटमा सक्रिय भएका छन् ।

केही दिन अघि उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधवकुमार नेपाल र जसपाका नेता डा.बावराम भट्टराईसँग उनीहरुकै निवास पुगेर भेटवार्ता गरेका थिए । उनीहरुसँगको भेटका क्रममा विप्लवले सरकारसँग भएको सहमति कार्यान्वयन र पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा नै छलफल गरेकोे बताइएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);