टोकियो ओलम्पिकमा सहभागी नेपाली खेलाडीलाई प्रधानमन्त्री देउवाको शुभकामना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

टोकियो ओलम्पिकमा सहभागी नेपाली खेलाडीलाई प्रधानमन्त्री देउवाको शुभकामना

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले टोकियो ओलम्पिकमा सहभागी नेपाली खेलाडीहरुलाई शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाले शनिबार सामाजिक सञ्जालमार्फत् टोकियोमा भईरहेको ३२ औं ओलम्पिकमा सहभागी नेपाली खेलाडीलाई व्यक्तिगत र सिंगो देशको तर्फबाट शुभेच्छा तथा शुभकामना व्यक्त गरेका हुन् ।

टोकियो ओलम्पिक २३ जुलाईबाट सुरु भएको हो । खेलामा सहभागी भएका ५ खेलाडीमध्ये २ खेलाडीले खेलिसकेका छन् । शनिबार नेपाली सुटिङ खेलाडी कल्पना परियारले आफ्ना राष्ट्रिय कीर्तिमानमा सुधार गरेपनि छनोट चरणबाट बाहिरिन् ।

त्यसैगरी जुडो खेलाडी सोनिया भट्ट पनि पहिलो खेलमै पराजित भई सकेकी छिन् । शनिबार भएको राउण्ड अफ ३२ अन्तर्गत महिला ४८ केजी तौल समूहमा सोनिया रुसी खेलाडी डोल्गोभा इरिनासंग इप्पोनको आधारमा पराजित भएकी हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);