टोकियो ओलम्पिकमा नेपालको तर्फबाट २६ सदस्यीय टिमले सहभागिता जनाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

टोकियो ओलम्पिकमा नेपालको तर्फबाट २६ सदस्यीय टिमले सहभागिता जनाउने

tokyo olympics

काठमाडाैं । टोकियो ओलम्पिकमा नेपालको तर्फबाट खेलाडी, प्रशिक्षक र पदाधिकारी गरेर २६ सदस्यीय टिमले सहभागिता जनाउने भएको छ। पाँच खेलाडी र चार जना प्रशिक्षक रहने नेपाल ओलम्पिक कमिटीले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

खेलाडीतर्फ पौडीका गौरिका सिंह र एलेक्जाण्डर ग्याडिमाड शाहले सहभागिता जनाउने छन् । सुटिङकी कल्पना परियार, जुडोकी सुनिया भट्ट तथा एथ्लेटिक्सका सरस्वती चौधरी ओलम्पिकमा सहभागी हुनेछन् ।यस्तै प्रशिक्षकतर्फ पौडीका शंकर कार्की, सुटिङका असिम यादव, जुडोका सूर्यनारायण श्रेष्ठ र एथ्लेटिक्सकी इन्द्रकुमारी मल्ल रहेका छन् ।

जसमध्ये पौडीका दुई र एथ्लेटिक्सका एक जना खेलाडीले ‘युनिभर्सियालिटी प्लेस’ अन्तर्गत खेलमा सहभागिता जनाउने छन् । बाँकी दुई खेलाडी भने आमन्त्रित अर्थात् वाइल्ड कार्डको आधारमा सहभागी हुने जनाइएको छ। ओलम्पिकमा नेपाली टिमको सेफ द मिसन राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल रहनेछन् ।

टोकियो ओलम्पिकमा सहभागी हुने टिमको तयारी २०१९ को मे महिनाबाट शुरु भएको थियो । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले प्रदानगर्ने ओलम्पिक छात्रवृत्तिमा७ खेलका १२ जना खेलाडीको सहभागिता रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);