टोकियो ओलम्पिकमा सहभागि हुने प्रयासमा नेपाली कराँते खेलाडी तयारीमा | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

टोकियो ओलम्पिकमा सहभागि हुने प्रयासमा नेपाली कराँते खेलाडी तयारीमा

काठमाडौं । वाइल्ड कार्डबाट टोकियो ओलम्पिकमा सहभागि हुने प्रयास गरिरहेका नेपाली कराँते तयारीमा व्यस्त छन् ।

नेपाली कराते खेलाडी अनु अधिकारी र नविन रसाइली ओलम्पिकमा सहभागि हुने प्रयासमा स्वास्थ मापदण्ड पूरा गरेर दैनिक अभ्यास गरिरहेका छन् । कोरोना महामारीबीच ओलम्पिक सहभागिता लक्ष्य राखेर ती दुइ खेलाडी तयारीमा जुटेका हुन् ।

खेलाडीलाई तालिम दिइरहेका कराँतेका प्रशिक्षक दीपक श्रेष्ठले महामारीका बीच पनि स्वास्थ्य मापदण्ड अपनाएर तयारी गरिरहेको बताए ।

कोरोनाकै कारण गत बर्ष हुन नसकेर एक वर्षका लागि धकेलिएको टोकियो ओलम्पिक आयोजना हुने नहुने अझै अनिश्चित छ । सरकारले अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेललाई पूर्ण रुपमा स्वास्थमापदण्ड पालना गदै अभ्यासको अनुमति सँगै नेपाली खेलाडी पनि अभ्यासमा व्यस्त भएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);