ईटालियन कोपा ईटालियाको उपाधि युभेन्ट्सले उचाल्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ईटालियन कोपा ईटालियाको उपाधि युभेन्ट्सले उचाल्यो

एजेन्सी । युभेन्ट्सले ईटालियन कोपा ईटालियाको उपाधि जितेको छ ।

बुधबार राति एटलान्टालाई २–१ गोल अन्तरले पराजित गर्दै युभेन्ट्सले घरेलु कपको उपाधि उचालेको हो ।

खेलमा अग्रता युभेन्ट्सले ३१ औं मिनेटमा देजान कुलुसेवस्कीको गोलमा लिएको थियो । रुस्लान मालिनोवस्कीले ४१ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको ७३ औं मिनेटमा फेडेरिको चिएसाले गोल गर्दै युभेन्ट्सलाई उपाधि दिलाएका हुन् ।

युभेन्ट्सले कोपा ईटालियाको उपाधि १४ औं पटक उचालेको हो । उसले सन् १९६३ पछि पहिलो पटक यो उपाधि हात पारेको हो । प्रतियोगिता करिब साढे ४ हजार दर्शक समक्ष खेलाईएको थियो ।

ईटालीमा पहिलो पटक दर्शक सहित ठुलो फुटबल प्रतियोगिता खेलाईएको हो । सिरि ए को तालिकामा पाँचौ स्थानमा रहेको युभेन्ट्सलाई पछिल्लो उपाधिले राहत दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);