युभेन्ट्सलाई नवाैं पटक सिरि 'ए' फुटबलको उपाधि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

युभेन्ट्सलाई नवाैं पटक सिरि ‘ए’ फुटबलको उपाधि

एजेन्सी, १२ साउन। युभेन्ट्सले सिरि ए फुटबलको उपाधि उचालेको छ । आईतबार राति साम्पोडियालाई २–० गोल अन्तरले हराउँदै युभेन्ट्सले लगातार नवौं पटक लिग उपाधि उचालेको हो ।

घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र फेडेरिको बर्नार्डेस्कीले एक एक गोल गरे । पहिलो हाफको अन्तिम मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अघि बढाएका थिए ।

६७ औं मिनेटमा बर्नार्डेस्कीले घरेलु क्लबका लागि दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए । च्याम्पियन युभेन्ट्सको ८३ अंक छ भने साम्पोडिया ४१ अंक सहित १५ औं स्थानमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);