इटालियन सुपर कप फुटबलको उपाधि युभेन्ट्सलाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

इटालियन सुपर कप फुटबलको उपाधि युभेन्ट्सलाई

एजेन्सी, ८ माघ । इटालियन सुपर कप फुटबलको उपाधि युभेन्ट्सले जितेको छ ।

बिहीबार बिहान भएको फाइनलमा नापोलीलाई २–० गोल अन्तरले पराजित गर्दै युभेन्ट्सले उपाधि जितेको हो ।युभेन्ट्सलाई उपाधि दिलाउन क्रिस्टियानो रोनाल्डो र अल्भारो मोराटाले एक एक गोल गरे ।

खेलको ६४ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । खेलको ८० औं मिनेटमा नापोलीले बराबरी गर्ने मौका गुमायो ।

उसका लोरेन्जोले पेनाल्टीमा गोल गर्न सकेनन् । त्यसपछि खेलको इन्जुरी समयमा मोराटाले गरेको गोलसंगै युभेन्ट्सले नवौं पटक सुपर कप फुटबलको उपाधि जितेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);