प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेड र म्यान्चेस्टर सिटी विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेड र म्यान्चेस्टर सिटी विजयी

एजेन्सी, ८ माघ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेड र म्यान्चेस्टर सिटी विजयी भएका छन् । म्यान्चेस्टर युनाइटेडले फुल्हामलाई २–१ बाट तथा म्यान्चेस्टर सिटीले एस्टन भिल्लालाई २–० बाट हराएका हुन ।

फुल्हाम विरुद्ध म्यान्चेस्टर युनाइटेडका इडिसन किभानी र पल पोग्बाले १–१ गोल गरे । फुल्हामका एडेमोला लुकम्यानले १ गोल गरे । यसैगरी एस्टन भिल्ला विरुद्ध म्यान्चेस्टर सिटीका बर्नान्डो सिल्भा र इल्के गुन्डोगनले १–१ गोल गरे ।

जितसँगै म्यान्चेस्टर युनाईटेड १९ खेलमा ४० अंक जोडेर लिग तालिकाको शिर्ष स्थानमा पुगेको छ । १८ खेलमा ३८ अंकबाट म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);