प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडद्वारा लिभरपुल २–१ ले पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडद्वारा लिभरपुल २–१ ले पराजित

एजेन्सी, २७ फागुन । इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड, चेल्सी, लेस्टर सिटी र बन्र्ले विजयी भएका छन् । लिग अन्तर्गत गएराति भएका खेलमा म्यानचेस्टर युनाइटेडले लिभरपुलमाथि २–१ को जित दर्ता गरेको छ ।

म्यानचेस्टर युनाइटेडको जितमा मार्कस रासफोर्डले दुई गोल गरे । रासफोर्डले खेलको १४ र २४ औं मिनेटमा गोल गरेका हुन् । लिभरपुलका लागि म्यानचेस्टर युनाइटेडका इरिक बेलीले ६६ औं मिनेटमा आत्मघाती गोल गरे । जितसँगै म्यानचेस्टर युनाइटेडले तेस्रो स्थानको लिभरपुलसँगको अंक दूरी बढाएको छ । लिभरपुलको ६० अंक रहेकामा म्यानचेस्टर युनाइटेडको ३० खेलबाट ६५ अंक भएको छ ।

गएराति भएका अन्य खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई २–१, बन्र्लेले वेस्टह्यामलाई ३–०, लेस्टर सिटीले वेस्ट ब्रोमलाई ४–१, एभर्टनले ब्राइटनलाई २–० र न्युक्यासलले साउथह्यामटनलाई ३–० गोल अन्तरले पराजित गरेका छन् । हर्डसफिल्ड र स्वान्सी सिटीले गोलरहित बराबरी खेलेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);