अफगानिस्तानसँग नेपाल ६ विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

अफगानिस्तानसँग नेपाल ६ विकेटले पराजित

आईसीसी विश्वकप छनोट खेलमा नेपालको लगातार हार

काठमाडौं, २६ फागुन । आईसीसी एकदिवसीय विश्वकप छनोट अन्र्तगत आफ्नो तेस्रो खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको छ ।

जिम्बावेको बुलावायोस्थित एथ्लेटिक क्लबको मैदानमा नेपालले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ३८ ओभर ४ बलमा ४ विकेट गुमाउँदै लक्ष्य भेटायो । तीन खेलमा पराजित भएको अफगानिस्तानले आजको खेल जित्दै सुपर सिक्समा पुग्ने सम्भावना कायमै राखेको छ ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले नेपालले ४९ ओभर ५ बल खेल्दै १ सय ९४ रन बनाएको थियो । नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ७५ रन बनाएका थिए । खड्काले ८२ बल खेल्दै १० चौका र १ छक्का प्रहार गरे ।

त्यस्तै दिपेन्द्रसिंह ऐरीले ४१ बलमा ३२ रन बनाए भने आरिफ शेखले ३६ बलमा ३२ रन जोडे । ६९ बलमा २३ रन बनाउँदै ज्ञानेन्द्र मल्ल फेभिलिएन पर्किए । यी बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । अपगानिस्तानका लागि मोहाम्मद नावीले ४ विकेट लिए भने रसिद खानले नेपालको ३ विकेट झारे । त्यस्तै सहपुर जार्डनले २ र मुजिव उर रहमनले १ विकेट लिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);