विश्वकप लिग टूः स्कटल्याण्डसँग ८ विकेटले पराजित भयो नेपाल | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

विश्वकप लिग टूः स्कटल्याण्डसँग ८ विकेटले पराजित भयो नेपाल

काठमाडौं, २२ मंसिर । ‘आईसीसी विश्वकप लिग टू’अन्तर्गतको एकदिवसीय खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ ।

नामिबियाको युनाईटेड क्रिकेट ग्राउण्डमा आज भएको ५० ओभरको खेलमा नेपाल ८ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १ सय २० रनको लक्ष्य स्कटल्याण्डले २ विकेट गुमाएर १६ ओभर ५ बलमा पूरा गर्यो ।

स्कटल्याण्डको जितमा क्रस्टोफर म्याकब्रिडिले अविजित रहँदै सर्वाधिक ४६ बनाए भने जर्ज मुन्सिले ४५ रनको योगदान दिए ।

नेपालका लागि गुलसन झा र दीपेन्द्र सिंह ऐरीले समान १/१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभर ३ बलमा अलआउट हुँदै १ सय १९ रन मात्र बनाएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेल सर्वाधिक ४७ रन बनाए । सोमपाल कामीले १६ रन बनाउँदा दीपेन्द्रसिंह ऐरी १४ रनमा पविलियन फर्किएका थिए ।

स्कटल्याण्डका मार्क वाट,ब्राण्डन म्याकमुलेन र सफियान सरिफले समान २/२ विकेट लिए भने क्रिस्टोफर म्याकब्रिड,क्रिस सोल र क्रिस ग्रेभिसले समान १/१ विकेट लिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);