प्रा.डा. बाँस्कोटालाई खेलकुद संघको सम्मान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रा.डा. बाँस्कोटालाई खेलकुद संघको सम्मान

काठमाडौं। वरिष्ठ चिकित्सक प्रा.डा. अशोक बाँस्कोटालाई अखिल नेपाल खेलकुद संघले सम्मान गरेको छ। अपाङ्गता भएका व्यक्तिहरुको ३१औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा काभ्रेको बनेपामा आयोजित कार्यक्रममा अखिल नेपाल खेलकुद संघका अध्यक्ष अर्जुनबहादुर केसी र पूर्व युवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीले वरिष्ठ अर्थोपेडिक चिकित्सक प्रा.डा. बाँस्कोटालाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

अखिल नेपाल खेलकुद संघका अध्यक्ष केसीले अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रमार्फत अपाङ्गता भएका गरिब तथा असहाय बालबालिकाको उपचारमा पु¥याएको योगदान र हालै ‘टिकेएस’ अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएकोमा वरिष्ठ चिकित्सक बाँस्कोटालाई सम्मान गरेको बताए । पूर्व युवा तथा खेलकुदमन्त्री श्रीपालीले अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रमार्फत बाँस्कोटाले हजारौं बालबालिकालाई नयाँ जीवन दिएर राज्यले गर्नुपर्ने काम गर्दै आएको बताए ।

वरिष्ठ चिकित्सक बाँस्कोटाले घुम्ती शिविरमार्फत देशका दूरदराजका अपाङ्गता भएका बालबालिकाको खोजी गरी केन्द्रमा ल्याएर उपचार गर्दै आएको बताए । उनले आफूले पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरेकोमा अखिल नेपाल खेलकुद संघलाई धन्यवाद दिए । बाँस्कोटाले यसअघि पनि विभिन्न अन्तर्राीष्ट्रय अवार्ड पाएका छन् । उनले सन् २०१३ मा बेलायतको ‘स्टार्स फाउन्डेसन अवार्ड’, सन् २०१६ मा अमेरिकाको ‘वल्र्ड अफ चिल्ड्रेन अल्मुमिनी अवार्ड’ र सन् २०२१ मा अमेरिकाकै ‘वल्र्ड अफ चिल्ड्रेन अवार्ड’ पाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);