ला लिगामा रियल र बार्सिलोना विजयी | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

ला लिगामा रियल र बार्सिलोना विजयी

एजेन्सी, २७ फागुन । रियल मड्रिडले एइबरमाथि २–१ को जित दर्ता गरेको छ । ला लिगा अन्तर्गत गएराति भएको खेलमा क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतमा रियल मड्रिडले एइबरमाथि २–१ को जित दर्ता गरेको छ ।

रोनाल्डोले खेलको ३४ औं मिनेटमा रियल मड्रिडका लागि गोलको खाता खोलेकामा एइबरले ५० औं मिनेटमा बराबरी गोल फर्काएको थियो । तर खेल सकिन ६ मिनेट बाँकी हुँदा रोनाल्डोले रियल मड्रिडका लागि निर्णायक गोल गरे । एइबरमाथिको जितसँगै रियल मड्रिडले २८ खेलबाट ५७ अंक जोडेको छ । एक खेल कम खेलेको दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ६१ अंक छ ।

ला लिगामा गएराति भएका अन्य खेलमा बार्सिलोनाले मालागालाई तथा भ्यालेन्सियाले सेभिल्लालाई २–० गोल अन्तरले पराजित गरेका छन् । लिओनल मेस्सीविना मैदानमा उत्रिएको बार्सिलोनाका लागि लुइस स्वारेज र फिलिप काउटिन्होले एक एक गोल गरे । जिसँगै बार्सिलोनाको २८ खेलबाट ७२ अंक भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);