ओलम्पिक विवादले अन्योल बन्दै १३ औँ साग प्रतियोगिता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

ओलम्पिक विवादले अन्योल बन्दै १३ औँ साग प्रतियोगिता

किशन भण्डारी
काठमाडौं, २७ फागुन । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता एक बर्ष पछि नेपालमा हुँदै छ । तर, प्रतियोगिता सञ्चालनका लागि आधरभुत संरचना अझै तयार भइसकेको छैन । सरकार र नेपाल ओलम्पिक कमिटिको विवादले पनि प्रतियोगिता हुनेमा आशंका पैदा भएको छ ।

दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता सन् २०१९ मार्च ९ मा नेपालमा हुँदै छ । नेपालले प्रतियोगिता सञ्चालन गर्ने जिम्मा पाएको डेढ बषए वितिसकेको छ । तर, प्रतियोगिता सञ्चालनका लागि आवश्यक भौतिक संरचना भने अझै निर्माण हुनसकेको छैन । खेलकुद मैदानहरु पनि लथालिङ्ग अवस्थामा छन् । जसको कारण साग प्रतियोगिता तोकिएको समयमा नहुने आशंका पैदा भएको छ ।

सरकारले अझ पनि ढिला नगरि पुर्वाधार निर्माण सुरु ग¥यो भने अझै सागमा राम्रो नतिजा ल्याउन सम्भव रहेको खेलाडीहरुको भनाई छ । पुर्वाधार मात्र नभई, खेलाडीको प्रशिक्षण, खानपिन र समग्र खेलकुदको दिगो विकासमा सरकारले ध्यान दिए साग मात्र होइन अन्य अतर्राष्ट्रिय खेलको सञ्चालनलाई पनि निरन्तरता दिन सकिने छ ।

मार्च ९ मा सुरु भएर १९ मा सम्पन्न हुने भनिएको साग खेलकुदको लागि आवश्यक पूर्वाधारको निर्माण त हुनसकेको छैन नै । त्यसमाथि ओलम्पिक कमिटी भित्रकै समस्याले थप अन्यौल सिर्जना गरेको छ । एन ओ सी, राखेप र नेपाल सरकारले साग गेम आयोजना तोकिएको समयमा नै हुने दाबी गरेका छन् । तर पुर्वाधार निर्माण कार्य सुस्ताएको देख्दा नेपालले आयोजकबाट नाम फिर्ता लिनपर्ने अवस्था आउनसक्ने सम्भावना बढेको छ । यता पुर्वाधार निर्माणको ठेक्का पाएको राखेप भने पुर्वाधारको कारणले नभई एन ओ सीको आन्तरिक विवादले साग प्रभावित हुनसक्ने बताइरहेको छ ।

तर, भाग लिने खेलाडीका लागि न त सरकार गम्बिर छ न त सम्बन्धित निकाय नै । खेलाडीहरुको खानपान, प्रशिक्षण लगायतका आधारभुत आवश्यक्ता प्रति एनओसीलेसमेत चासो दिएको छैन । खेल क्षेत्रमा नेतृत्व गरिरहेका व्यक्तिका कारण अतर्राष्ट्रिय स्तरमा धमिलिएको नेपाली खेल जगत्को पहिचानलाई संग्लाउन साग सुवर्ण अवसर हो । आन्तरिक विवादलाई पन्छाएर छिटो छरितो रुपमा पुर्वाधारको कार्य सम्पन्न गराउन जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);