१३ औं सागको लागि नेपालको तयारी कस्तो छ ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

१३ औं सागको लागि नेपालको तयारी कस्तो छ ?

SAG 2019

सुजन चालिसे
काठमाडौं, १४ भदौ । नेपालले साग खेलकुदको १३ औँ संस्करण मंङ्सिर १५ देखि २४ गतेसम्म काठमाडौँ र पोखरामा आयोजना गर्दैछ । त्यसका लागि आवश्यक सम्पुर्ण तयारी गर्न राष्ट्रिय खेलकुद परिषद लागि परेको छ । घरेलु भूमिमा आयोजना हुन लागेको प्रतियोगितामा तुलनात्मक रुपमा बलिया प्रतिस्पर्धि भारत, पाकिस्तान र श्रीलंका जस्ता देशहरुलाई पराजित गर्दै उच्च स्तरीय प्रदर्शन गर्नको लागि नेपालको तयारी कस्तो छ त ?

नेपालले दक्षिण एशियाली खेलकुद प्रतियोगिता तेस्रो पटक आयोजना गर्न लागेको हो । नेपालले सन् १९८४ मा दक्षिण एसियाली खेलकुद (साग) को आयोजना गर्दै यसको सुरुवात गरेको थियो । स्थापनाको समयमा सागलाई दक्षिण एशियाली संघ खेलकुद नामले चिनिन्थो । यो दक्षिण एशियाली राष्ट्रहरुको सहभागितामा आयोजना गरिने खेलकुद प्रतियोगिता हो । दक्षिण एशियाली राष्ट्रहरु नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, अफगानिस्तान, माल्दिभ्स, श्रीलंका र भुटानको सहभागितामा सागको आयोजना हुने गर्दछ ।

सन् १९८४ देखि १९८७ सम्म यो प्रतियोगिता प्रत्यक बर्ष आयोजना गर्ने गरिन्थ्यो । तर १९८६ मा भने एशियाली खेलकुदका कारण सागको आयोजना हुन सकेन । १९८७ पश्चात भने यो प्रतियोगिता प्रत्यक दुई बर्षमा आयोजना गर्न थालिएको हो । सन् २००४ मा दक्षिण एशियाली खेलकुद परिषदको ३२ औँ बेठकले यस प्रतियोगिताको नाम दक्षिण एशियाली संघ खेलकुदबाट दक्षिण एशियाली खेलकुद राख्ने निर्णय गरेको हो ।

प्रतियोगिताको पछिल्लो संस्करण सन् २०१६ मा भारतले आयोजना गरेको थियो । मंङ्सिर १५ देखि २४ गतेसम्म काठमाडौँ र पोखरामा आयोजना हुने साग खेलकुदको १३ औँ संस्करणको तयारी अहिले तीब्र छ ।

सागको १३ औँ संस्करणसम्ममा कुल २७ वटा खेलहरु समावेश गरिएका छन् । जसमा फुटबल, क्रिकेट, टेनिस, कराँते, उसु, कुस्ति, आर्चरी, पौडी, तोक्वान्दो आदि रहेका छन् । नेपालले काठमाडौँ र पोखरामा गरी साग खेलकुदको आयोजना गर्ने छ । पोखरामा जम्मा सातवटा खेलहरु आयोजना हुनेछन् जसमा आर्चरी, ह्यान्डबल, महिला फुटबल, भारत्तोलन आदि रहेका छन् । अन्य खेलहरु भने काठमाडौँकै विभिन्न स्थलहरुमा आयोजना गरीनेछ ।

सागको तयारीका लागि बिभिन्न खेलकुदमा गरी जम्मा ५७२ जना खेलाडीहरु बन्द प्रशिक्षणमा लागि परेका छन् । विभिन्न चरणको छनोटपश्चात अन्तिममा ४२५ जना खेलाडीहरु सागमा सहभागि हुनेछन् । खेल सामग्री र खेल स्थलहरुको अभावलाई मध्येनजर परिषदले प्रशिक्षणमा कुनै कमी हुन दिएको छैन ।

सागको सम्पुर्ण तयारीका लागि राट्रिय खेलकुद परिषदले माग गरे अनुसार ५ करोडको प्रस्तावित बजेट अर्थ मन्त्रालयले स्वीकृत गरिसकेको छ । अब साग खेलकुदको आयोजना हुन ३ महिना मात्र बाँकि छ । साग खेलकुदको इतिहासलाई हेर्ने हो भने धेरैजसो पदकहरुमा भारतको बर्चस्व रहेको छ । प्रतियोगिताको सबै संस्करणमा भारतले नै पहिलो स्थान हासिल गरेको छ ।

सागमा हासिल गरेको पदकलाई मध्यनजर गर्ने हो भने नेपाल चौथौ स्थानमा रहन आउँछ । नेपालभन्दा तल क्रमशः बङ्गलादेश, अफगानिस्तान, भुटान र माल्दिभ्स रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);