विशेष कार्यक्रमबीच १३ औं सागको समापन हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

विशेष कार्यक्रमबीच १३ औं सागको समापन हुँदै

SAG samapan

काठमाडौं, २४ मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद सागको मंगलवार समापन हुँदै छ । यही मंसिर १५ गतेबाट औपचारिक रुपमा शूरु भएको १३ औं सागको मंगलवार समापन हुँदै छ।

दशरथ रंगशालामा अहिले साग समापनको कार्यक्रम भइरहेको छ । बिगतमा दक्षिण एशियाली खेलकुद साफले परिचित यो प्रतियोगिता अहिले सागको नाममा परिचित छ । नेपालले साग क्षेत्रीय खेलकुद प्रतियोगिता आयोजना गरेको यो तेस्रो पटक हो । सागलाई दक्षिण एसियाको ओलम्पिक मानिन्छ । कार्यक्रमका हिसाबमा यो अहिलेसम्मकै ठूलो हो । य

स पटकको सागमा २८ खेल समावेश गरिएका थिए । बंगलादेशमा २०१० मा भएको सागमा २३ खेल तथा २०१६ मा भएको प्रतियोगितामा २२ खेल समाबेश थिए । २००६ मा श्रीलंकामा भएको सागमा यसअघि सबैभन्दा बढी २ सय २५ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।

७ देशका ३ हजारभन्दा बढी खेलाडीले यसपालिको सागमा प्रतिस्पर्धा गरेका थिए । यसको पहिलो संस्करण नेपालले सन् १९८४ मा आयोजना गरेको थियो । १५ वर्षपछि १९९९ मा नेपालले सागको आठौं संस्करण सफलतापूर्वक सम्पन्न गरेको थियो ।

यसअघि दुवै पटक नेपालले आयोजना गर्दा सम्पूर्ण खेल काठमाडौं केन्द्रित थियो। यसपटक पोखरा रंगशालामा पनि बिभिन्न खेल भएका थिए भने कुस्ती खेल धनुषाको जनकपुरमा भएको थियो । १४ औं साग भने पाकिस्तानमा हुनेछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);