साग पुरुष फुटबलमा नेपाललाई स्वर्ण, भुटान २-१ ले पराजित | ईमाउण्टेन समाचार

Our Network

साउन ६ २०८३, बिहीबार

साग पुरुष फुटबलमा नेपाललाई स्वर्ण, भुटान २-१ ले पराजित

saf football final

काठमाडौं, २४ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलमा नेपालले स्वर्ण पदक जितेको छ । दशरथ रंगशालामा मंगलबार भुटानलाई २–१ गोल अन्तरले हराउदै नेपालले स्वर्ण पदक जितेको हो ।

नेपालको जितमा अभिषेक रिजाल र सुनिल बलले १–१ गोलको योगदान गरे ।खेलको १६ औँ मिनेटमा अभिषेकले पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । त्यसपछि भुटानका कप्तान चेन्चो ग्यालसेनले ३६औँ मिनेटमा गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए ।

नेपालका तर्फबाट ५३औँ मिनेटमा सुनिलले निर्णायक गोल गरेपछि नेपालले स्वर्ण पदक हात पारेको हो । नेपालले सागको पुरुष फुटबलमा स्वर्ण जितेको यो चौथो पटक हो ।

ताजा समाचार