नेपाललाई अहिलेसम्म २९ स्वर्ण पदक प्राप्त | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

नेपाललाई अहिलेसम्म २९ स्वर्ण पदक प्राप्त

karate

काठमाडाैं, १८ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले अहिलेसम्म २९ वटा स्वर्ण पदक जितेको छ । बुधबार नेपालले साइक्लिङको डाउन हिलमा २ वटा स्वर्ण हात पारेको छ ।

साईक्लिङको पुरुष तर्फ राजेश मगर महिलातर्फ निश्मा श्रेष्ठले स्वर्ण पदक जितेका हुन् । त्यसैगरी तेक्वान्दोमा नेपालले २ वटा स्वर्ण पदक जितेको छ ।

बुधबार महिला ६२ केजी तौल समूहमा नेपालकी संगीता बस्याल र सक्षम कार्कीले स्वर्ण पदक दिलाएका हुन् । संगिता बस्यालले फाइनलमा भारतकी खेलाडीलाई हराउँदै स्वर्ण जितेकी हुन् ।

पुरुष ८७ केजी माथि सक्षमले पाकिस्तानी खेलाडीलाई हराएर स्वर्ण जितेका हुन् । करातेमा नेपालकी अनुपमा मगरले स्वर्ण जितेकी छिन् । महिला ६८ केजी माथिको कुमुतेमा अनुपमाले पाकिस्तानी खेलाडीलाई हराएर स्वर्ण जितेकी हुन् । करातेमा नेपालले १९ मध्ये १० वटा स्वर्ण पदक जितेको छ ।

उसुमा दीपक हमालले स्वर्ण जितेका छन् । योसँगै नेपालले १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदकको संख्या २९ पु-याएको हो । यसअघि मंगलबारसम्म नेपालले २३ स्वर्ण पदक जितेको थियो ।

यसैगरी नेपालले १४ रजत र १९ कास्यपदक जितेको छ । त्यसैगरी पछिल्लो पदक तालिका अनुसार अहिलेसम्म भारतले २३, स्वर्णपदक जितेर दोश्रो स्थानमा छ । पाकिस्तानले ८, श्रीलंकाले ७, बंगलादेशले ४ तथा माल्दिभ्सले १ स्वर्ण पदक जितेका छन् । भुटानले भने ३ कास्य पदक जितेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);