पौडीबाज गौरिका सिंहलाई तेस्रो स्वर्ण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पौडीबाज गौरिका सिंहलाई तेस्रो स्वर्ण

gaurika

काठमाडौं, २२ मंसिर । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता नेपाली पौडीवाज गौरिका सिंहले तेस्रो स्वर्ण पदक जितेकी छिन् ।

आइतबार उनले चार सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितेकी हुन् । उनले यसअघि दुई सय मिटर फ्रिस्टाइल र दुई सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जितिसकेकी छिन् ।

सागको एउटै आयोजनामा ३ वटा स्वर्ण पदक जित्ने गौरिका पहिलो नेपाली खेलाडी हुन् । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको भारोत्तोलनमा आइतबार नेपालले थप १ रजत र १ कास्य जितेको छ । योसँगै १३ आंै सागमा भारोत्तोलनबाट नेपालले २ स्वर्ण, ३ रजत र ११ कास्य पदक जितेको छ ।

आइतबार सागर भण्डारीले पुरुष १ सय ९ केजी तौल समूहमा नयाँ राष्ट्रिय कीर्तिमानसहित रजत जितका हुन् । पछिल्लो पदक तालिका अनुसार भारतले १ सय १४ स्वर्ण, ६९ रजत र ३६ कास्य सहित २सय १५ पदक जितेर अग्रस्थानमा रहेको छ।

त्यसै गरी नेपाल ४३ स्वर्ण,३४ रजत,र ६६ कास्य सहित १ सय ४२ पदक जितेर दोश्रो स्थानमा छ । श्रीलंका ३१ स्वर्ण जितेर तेस्रो स्थानमा रहेको छ । पाकिस्तानले २३ स्वर्ण जितेको छ भने बंगलदेशले ७ स्वर्ण,मालदिभ्सले १ स्वर्ण जितेका छन । त्यसै गरी भुटानले ६ कास्यपदक हात पारेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);