मेस्सीको ह्याट्रिकसंगै बार्सिलोना स्पेनिश ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

मेस्सीको ह्याट्रिकसंगै बार्सिलोना स्पेनिश ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लियो

messi

एजेन्सी, २२ मंसिर ।  लियोनल मेस्सीको ह्याट्रिकको सहयोगमा बार्सिलोना स्पेनिस लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार बिहान भएको खेलमा बार्सिलोनाले मालोर्कालाई ५–२ गोल अन्तरले पराजित गरेको हो ।

खेलको सातौ मिनेटमा बार्सिलोनाका एन्टोनी ग्रिजम्यानको गोल गर्दै खेलमा अग्रता दिलाएका थिए । १७ औं मिनेटरमा बार्सिलोनाका लियोनल मेस्सीले १७ औं मिनेटमा अग्रता दोब्बर बनाए ।मलोर्काका बुदिमिरले ३५ औं मिनेटमा पाहुना टोलीलाई खेलमा फर्काउने कोशिश गरेका थिए ।

तर, मेस्सीले ४१ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३–१ ले अघि बढाए । त्यसको दुई मिनेटपछि लुईस स्वारेजले बार्सिलोनाका लागि चौथो गोल गरे । बुदिमिरले ६४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनसंगको अंक दुरी घटाउने प्रयास गरेका थिए । तर ८३ औं मिनेटमा मेस्सीले ह्याट्रिक पुरा गर्दै बार्सिलोनालाई शानदार जित दिलाए । मेस्सीले ला लिगामा ३५ औ ह्याट्रिक पुरा गरेका छन् । उनले क्रिस्टियानो रोनाल्डोको नाममा रहेको सर्वाधिक ह्याट्रिकको कीर्तिमान तोड्न सफल भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);