आज १३ औं सागको आठौं दिन, १५ खेलमा प्रतिस्पर्धा हुँदै | ईमाउण्टेन समाचार

Our Network

जेठ १४ २०८३, शुक्रबार

आज १३ औं सागको आठौं दिन, १५ खेलमा प्रतिस्पर्धा हुँदै

sag

काठमाडौं, २२ मंसिर । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको आठौं दिन आज विभिन्न १५ खेलमा प्रतिस्पर्धा हुँदैछ । आज काठमाडौं पोखरा र जनकपुरमा गरि कुल १५ खेलमा प्रतिस्पर्धा हुनेछ ।

आर्चरी, बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सीङ, फुटबल, ह्यान्डबल, जुडो, पौडी, सुटिङ, स्क्वास, टेनिस, बिच भलिबल, भारोत्तोलन र कुस्ती आज खेलिने खेलहरु हुन् । जसमा महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुन्छ । कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा हुनेछ । पदक तालिकामा सातौं दिनसम्म भारतले ११० स्वर्णसहित अग्रता बनाएको छ । ४३ स्वर्णसहित नेपालले भारतलाई पछ्याईरहेको छ ।